सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ

२८ जेष्ठ २०८१, सोमबार १५:३३

काठमाडौँ । तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्यूरोले श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

सीआइबिल सोहि बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र शिव रिसाललाई नियन्त्रणमा लिएको हो । बैंकले दिएको ऋणमध्ये ९७ करोड ४१ लाख रुपैयाँ धितोले खाम्नेभन्दा बढी भएको अनुसन्धानका लागि सञ्चालक समितिका सदस्य लगायतलाई पक्राउ गरिएको हो ।

२०७७ सालमा बैंकले देउराली सहकारी मार्फत ऋण प्रवाह गरेको थियो। देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा संलग्न सञ्चालकहरुलाई पक्राउ गरिएको हो ।

यसअघि पनि सीआइबीले कर्जा प्रवाहको विषयमा फागुन १५ गते १० जना बैंक कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरु हाजिरी जमानीमा छुटेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*