सरकारको आन्तरिक कर्जा २.८ प्रतिशतले वृद्धि

२८ जेष्ठ २०८१, सोमबार १६:५१

काठमाडौं । नेपाल सरकारको आन्तरिक कर्जा चालु आर्थिक वर्षको १० महिनामा २.८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समयले सरकारले वैदेशिक कर्जा भन्दा पनि देशभित्रबाटै आन्तरिक कर्जालाई बढी प्राथमिकता दिएको पाइन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको १० महिनामा सरकारको आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा यस्तो कर्जा ५.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १२.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ बैशाख मसान्तमा यस्तो दावी ५.४ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*