१० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)

२८ जेष्ठ २०८१, सोमबार १६:५३

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९।२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

चैत मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । यता, आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले घटेकोछ ।

शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोडलेबचतमा, कुल विदेशी विनिमय सञ्चिति रु.१९४२ अर्ब ४० करोड र अमेरिकी डलरमा १४ अर्ब ५४ करोड रहेको छ । साथै, नेपाल सरकारको खर्च १० खर्ब ५६ अर्ब ८९ करोड र राजस्व परिचालन रु.८३१ अर्ब ९३ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.८ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Ten-Months-data-of-2080.81

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*