१ खर्ब ३८ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

२८ जेष्ठ २०८१, सोमबार १६:५८

काठमाडौँ । २०८१ बैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ४ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७४ हजार ९ सय ४२ महिलाउद्यमीलाई प्रवाह भएको रु.४२ अर्ब ८७ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय ८६ ऋणीको रु.१ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*