निक्षेप परिचालन झण्डै साढे ४ खर्ब नजिक, ७ प्रतिशतले वृद्धि

२८ जेष्ठ २०८१, सोमबार १७:१०

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको १० महिनामा ४ खब ४३ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सरकारले परिचालन गर्ने उक्त निक्षेप ७ दशमलव ८ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सरकारले तीन खर्ब ७० अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरेको थियो । सरकारले उक्त निक्षेप परिचालनको दायरा विस्तार गरेको पाईएको छ ।

सरकाले चालु आर्थिक वर्षको बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २५.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*