बैंक तथा वित्तीय संस्थाहरुका २३ वटा शाखा कार्यालय बन्द

२८ जेष्ठ २०८१, सोमबार १७:१४

काठमाडौँ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५६६ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

यस अवधिमा २३ शाखा बन्द भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० असार मसान्तमा ११ हजार ५८९ रहेकोमा २०८१ बैशाख मसान्तमा ११ हजार ५६६ कायम भएकोछ । बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा एकै स्थानमा रहेका शाखा समेत मर्ज भएका हुन् ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०८१ बैशाख मसान्तमा ११० रहेको छ यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*