तत्कालीन सेन्चुरी बैंक ऋण प्रवाह प्रकरणमा थप एक जना पक्राउ

२८ जेष्ठ २०८१, सोमबार १८:०८

काठमाडौं । तत्काली सेन्चुरी बैंक ऋण प्रवाह प्रकरणमा थप एक जना पक्राउ परेका छन् सिईआइबीको टोलीले अभिषेक बज्राचार्यलाई पक्राउ गरेको हो।

सुनसरी प्रहरीको सहयोगमा उनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको हो ।त्यस्तै सोमबार प्रहरीले बैंकका तत्काली अध्यक्ष राजेश श्रेष्ठ सहित ८ जनालाई पक्राउ गरेको थियो ।

सञ्चालक समितिका सदस्यहरु सुनिल कुमार न्यौपाने, प्राडा गिता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र सिडिए सेक्सन चिफ शिव गोपाल रिसाल रहेका छन्।
त्यस्तै प्रहरीको पक्राउ सुचीमा मनबहादुर राई पनि रहेका छन्।बैंकको सिईओ सहितको टोलिलाई प्रहरीले प्रकाउ गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*