बिक्री हुन छोडेपछि एक लाख रुपैयाँ घट्यो लेभनिङ स्कुटरको मूल्य, पुराना ग्राहक ठगिए

२८ जेष्ठ २०८१, सोमबार १८:२०

काठमाडौं । बिक्री हुन छोडेपछि दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले छुट योजना ल्याएको छ । लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता नेपाल मोटर्सले नगद छुटको स्कीम सार्वजनिक गरेको हो ।

पछिल्लो समय कम्पनीको इलेक्ट्रीक स्कुटर खरिद गर्नेहरुको संख्या ह्वात्तै घटेको छ । कम्पनीले आयात गरेका कयौ स्कुटर बिक्री नभएपछि कम्पनीले छुट योजना ल्याएर बिक्री गर्ने रणनीति लिएको हो । जसले गर्दा पुराना ग्राहक ठगिएका छन् । महन्गो शुल्क हालेर उक्त स्कुटर खरिद गरेको ग्राहक मर्कामा परेका हुन् ।

लेभनिङ इलेक्ट्रीक स्कुटर किन्ने ग्राहकले ‘स्पेशल स्क्रयाच’ मार्फत १ लाख रुपैयाँसम्मको छुट पाउने भएका हुन् । यसका साथै ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् ।

देशभर रहेको डिलर नेटवर्कमा उक्त अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*