प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका

२९ जेष्ठ २०८१, मंगलवार ०९:३७

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो ।

यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउनेछन् । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा एक लाख कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा असार ४ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*