मंगलबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

२९ जेष्ठ २०८१, मंगलवार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो ।

यता, तेजावी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*