काठमाडौँ महानगरले माग्यो १३७ नगर प्रहरी

२९ जेष्ठ २०८१, मंगलवार ११:५१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०।८१।०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी महानगरले १३७ जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*