डिम्याट सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन कामना सेवा विकास बैंकको अनुरोध

२९ जेष्ठ २०८१, मंगलवार १४:४९

काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता (डिम्याट) सञ्चालन वापतको वार्षिक शुल्क बुझाउन कामना सेवा विकास बैंकले अनुरोध गरेको छ । मंगलवार सूचना जारी गर्दै क्यापिटलले आगामी असार मसान्तसमम वार्षिक १०० रूपैयाँ सञ्चालन शुल्क बुझाउन भनेको हो ।

सम्बन्धित हितग्राही खाता सञ्चालन गर्ने ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकका शाखा कार्यालयमा रकम बुझाउन सक्ने बैंकको भनाई छ । साथै इसेवा,आइएमई पे,खल्ती र कनेक्ट आइपिएस फण्ड फे र्मात उक्त शुल्क बुझाउन सक्नेछन् । २०८० साल असार मसान्तसम्म हितग्राही खाता खोली कारोबार गर्दै आएका सदस्यहरूले असार ३१ गतेभित्र वार्षिक शुल्क नबुझाए खाता रोक्का हुने बैंकले जानकारी दिएको छ ।

साथै यस बैंक मार्फत मेरो शेयर अनलाईन सेवा लिएका सदस्यहरूले वार्षिक नविकरण शुल्क ५० रूपैयाँ समेत असार मसान्तभित्र बुझाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*