प्राइम कमर्सियल बैंक शाखा कार्यालय बर्दघाटले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

२९ जेष्ठ २०८१, मंगलवार १६:०३

काठमाडौँ । प्राइम कमर्सियल बैंक शाखा कार्यालय बर्दघाटले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बर्दघाटद्वारा वित्तीय साक्षरता कार्यक्रम जेठ २९ गते बर्दघाट नपा वडा नं. ४, बाढी पिडित स्थित श्री नवजीवन मा।वि।मा सम्पन्न गरेको हो ।

बैंक बर्दघाट शाखा टिम र प्रधानाध्यापक कमल प्रसाद अर्यालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राईम कमर्सियल बैंक, बर्दघाट शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत धुर्व प्रसाद ढकाल र संचालन विभाग प्रमुख रविन थापा द्वारा सहभागी ४५ जना विद्यार्थी माझ बैंकिङ तथा सुरक्षित वित्तीय कारोबार सम्बन्धी वित्तीय साक्षरताको आधारभूत शिक्षा प्रदान गरिएको थियो ।

उक्त विद्यालयका प्रधानाध्यापक श्री कमल प्रसाद अर्याल लगायत अन्य शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी ४५ जना विद्यार्थीहरुको उपस्थिति उत्साह पुर्ण रहेको जानकारी बैंकका शाखा प्रमुख काफ्लेले जानकारीदिए ।

यस वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यस संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम् ब्याज, कर्जा लगानी सहित ए।टि।एम सेवा, क्रेडिट कार्ड, मोबाइल बैकिङ जस्ता आधुनिक बैकिङ सेवाहरु समेत प्रदान गर्दै आइरहेको शाखा प्रमुख टुल्का प्रसाद काफ्ले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*