कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा, कस्तो छ आर्थिक तथा वित्तीय अवस्था ?

२९ जेष्ठ २०८१, मंगलवार १७:२६

काठमाडौँ । कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा यस्तो देखाएको हो ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६.०६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् ।

बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात् चार खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । त्यस्तै कूल कर्जाको ११ दशमलव २६ प्रतिशत अर्थात् पाँच खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ ।

अहिले समग्र बैंकिङ प्रणालीबाट ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ । यस प्रदेशमा २२ हजार एक सय सात जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा ३४ अर्ब दुई करोड ५२ लाख बराबर सहुलियत कर्जा स्वीकृत भएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादनरु नौ खर्ब तीन अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर तीन दशमलव ५१ प्रतिशत अनुमान गरिएको छ । कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलर बराबर छ ।

Final

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*