जीहोको ५ दिने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ क्याम्प, २ वर्षको कर फ्री

२९ जेष्ठ २०८१, मंगलवार १८:४९

काठमाडौँ । सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरको ५ दिने एक्सचेन्ज क्याम्प सुरु भएको छ । यही ३२ जेठसम्म चल्ने ‘एक्सचेन्ज एन्ड अपग्रेड’ नामक एक्सचेन्ज क्याम्पमा कम्पनीले एई६ प्लस र एई६ प्लस एलआर स्कुटरलाई विशेष प्राथमिकतामा राखेको छ ।

क्याम्प अवधिभर जीहोका यी मोडल एक्सचेन्जमा बजार मूल्यांकनमा २० हजार रुपैयाँ थप मूल्यांकन हुनेछ भने नयाँ खरिदमा १५ हजार रुपैयाँ सिधै छुट पाइने छ । यसका साथै २ वर्षको निःशुल्क कर तथा थर्ड पार्टी इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै जीहोका स्कुटर आकर्षक डिजाइन, टफ बिल्ट क्वालिटी, एड्भान्स प्रविधि र हाई पर्फमेन्ससहितका विशेषता उपलब्ध छन्। कम्पनीले नक्साल, सल्लाघारी तथा झम्सिखेलस्थित शोरुमबाट यो सेवा ग्राहकहरुलाई उपलब्ध गराउँदै छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*