वाणिज्य बैंकहरुको मुनाफा आधा खर्ब नजिक, नबिल,ग्लोबल र नेपाल ईन्भेष्टमेन्ट मेगा अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

२९ जेष्ठ २०८१, मंगलवार २०:४५

काठमाडौं । वाणिज्य बैंकहरुले आधा खर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा सो मुनाफा आर्जन गर्न सफल भएको हो ।

वैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड बढी खुद नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ ।

यसअवधिमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । बैंकले यस अवधिसम्ममा ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यस अवधिसम्ममा बैंकले ४ अर्ब १२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
तेस्रोमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड, एभरेष्ट बैंकले २ अब ९८ करोड र कृषि विकास बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*