१० महिनामा विकास बैंकहरुले मुनाफा ३ अर्बमाथि, पाँच बैंक घाटामा

२९ जेष्ठ २०८१, मंगलवार २१:०४

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा विकास बैंकहरुले ३ अर्ब १७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । यस अवधिसम्ममा १२ विकास बैंकले उक्त रकम खुद नाफा आर्जन गरेको छ भने ५ वटा विकास बैंक यो अवधिमा घाटामा रहेको तथ्र्यांकले देखाएको छ ।

१० महिनााको अवभिसम्ममा सबैभन्दा धेरै मुनाफा आर्जन गरेको बैंक मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले यस अवधिसम्ममा करिब ९९ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रोमा , गरिमा विकास बैंकले ७५ करोड ७४ लाख र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

घाटा व्योहोर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशि डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक र सलपा विकास बैंक रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*