आधा फाइनान्स कम्पनीहरुको मुनाफा घट्यो

२९ जेष्ठ २०८१, मंगलवार २१:२०

काठमाडौं । बैशाख मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको खुद घाटा ७० करोड रुपैयाँ पुगेको छ ।चालु आवको वैशाख मसान्तसम्म ८ वटा फाइनान्स कम्पनीको खुद घाटा ६९ करोड २६ लाख रुपैयाँ रहेको छ ।

१७ फाइनान्स कम्पनीमध्ये ९ वटाले भने नाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । मन्जुश्रीले २० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गोर्जाज फाइनान्सले ६ करोड ५३ लाख र आइसीएफसी फाइनान्सले ४ अर्ब ८९ करोड आर्जन गरेका छन् ।

यता धेरै घाटा व्योहोर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । पोखराले यो अवधिमा १७ करोड ३३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । त्यसैगरी, समृद्धि फाइनान्सले १३ करोड ३६ लाख र जानकी फाइनान्सले ९ करोड ६९ लाख रुपैयाँ खुद घाटा व्योहोरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*