बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
३० जेष्ठ २०८१, बुधबार १०:३५
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।