बालश्रम अन्त्य गर्ने घोषणा गरेको सिंहदरबारभित्र रहेको क्यान्टिनबाट बालबालिका उद्धार

३० जेष्ठ २०८१, बुधबार १७:४५

काठमाडौं । बालश्रम अन्त्य गर्ने घोषणा गरेको काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेको क्यान्टिनबाट बालबालिका उद्धार गरेको छ।

महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।

यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो। उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राखिँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*