सानिमा रिलायन्स लाइफकी नमिता कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त

३० जेष्ठ २०८१, बुधबार १८:२३

काठमाडौं । सानिमा रिलायन्स लाइफकी अभिकर्ता नमिता न्यौपाने कोशी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएकी छन्।

मोरङ जिल्ला केराबारी गाउँपालिकाकी न्यौपानेलाई मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका–६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई सदस्य नियुक्त गरेको थियो।

समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*