आइएमई स्थापनाको २४औं वर्षमा

३१ जेष्ठ २०८१, बिहीबार ०८:२३

काठमाडौं । नेपाली रेमिटेन्सको जगतमा महत्वपूर्ण भूमिका खेल्दै आएको आइएमई लिमिटेडले आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको छ । आइएमईले बुधबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिकोत्सव मनाएको छ । ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराकासाथ आइएमईले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

उक्त कार्यक्रममा आइएमई ग्रुपका सह–सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा आइएमईले योगदान गरिरहेको बताए । रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा मात्रै नभई नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नुका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्नेमा जोड दिए ।

त्यस्तै, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमईले सेवा प्रदान गरिरहेको बताए । प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप बिजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । सो समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

आइएमईले हालसम्म ग्रामीण तथा सहरी क्षेत्रमा गरी दुई सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करीब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*