नोबेल पुरस्कार विजेता मुहम्मद युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा, २० लाख डलर अपचलन गरेको आरोप

३१ जेष्ठ २०८१, बिहीबार ११:२०

काठमाडौँ । नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । लघुवित्तका पिताको रुपमा परिचित अर्थशास्त्री युनुससहित १३ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको हो ।

बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा उनीहरु माथि लागेको छ । टेलिकम कम्पनीका कर्मचारीको लाभांशबाट २० लाख अमेरिकी डलरभन्दा बढी हिनामिना गरेको अभियोग लगाएको छ ।

उक्त मुद्दाको सुनुवाई जुलाई १५ मा शुरु हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*