बिजनेस ईन्टरेष्ट ग्रुपले ४५ करोडको आइपीओ निष्काशन गर्ने

३१ जेष्ठ २०८१, बिहीबार १२:११

काठमाडौँ । बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले आइपीआ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको ४५ लाख कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रुपैयाँका दरले कुल ४५ करोड रुपैयाँमात्रको प्रत्याभुति नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र सनलाइफ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।

बुधबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट, सनलाइफ क्यापिटल र बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको हो ।

नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलका सञ्चालक राजकुमार अर्याल तथा बिजनेस ईन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिजका अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*