बजारमा पैसा धेरै भएपछि फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दै

३१ जेष्ठ २०८१, बिहीबार १२:५७

काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा पैसा तरलता बढी भएपछि आज फेरि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

बजारमा पैसा धेरै भएपछि आज राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ झिक्दैकेही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज १४ दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

यसका आज दिउासो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*