मदिरा उद्योग श्री डिष्टिलरीले साढे ९ लाख कित्ता आइपीओ जारी गर्ने

३१ जेष्ठ २०८१, बिहीबार १६:३१

काठमाडौँ । मदिरा उद्योग श्री डिष्टिलरी लिमिटेडले आइपीओ निष्कासन गर्नेका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले ९ लाख ६० हजार कित्ता सेयरको बिक्रीका लागि क्यापिटललाई नियुक्त गरको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ ।

आइपीओ निष्काशनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे ।

सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*