कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । कृषि विकास बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गते देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले असार महिनाका लागि जेठ महिनाकै ब्याजदर यथावत राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ४.२५५१ प्रतिशत, ६ महिनाका लागि ४.५५५१ प्रतिशत, ६ महिना देखि १ वर्ष अवधिका लागि ५.२५५१ प्रतिशत र १ देखि ५ वर्ष अवधिका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकेको छ ।
संस्थागत निक्षेपतर्फ बैंकले ६ महिना देखि ५ वर्ष अवधिका लागि ४.०१०० प्रतिशत र सोही अवधिको बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर तोकेको छ ।