२९ जना ऋणीलाई कर्जा चुक्ता गर्न लक्ष्मी लघुवित्तको आग्रह

३२ जेष्ठ २०८१, शुक्रबार १२:४६

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न २९ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ ।

ऋणीहरू धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दापनि बेवास्ता गरेपछि कम्पनीले ३५ दिनभित्र कम्पनीको शाखा कार्यालयहरूमा सम्पर्क राखि कर्जा चुक्ता गर्न भनेको हो ।

अन्यथा ऋणी तथा जमानीकर्ताहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरिने र धितोमा रहे नरहेको चल अचल सम्पत्ति लिलाम बिक्री गरी कर्जा असुल उपर गरिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*