१०० दिनमा गृहमन्त्री लामिछानेले के के गरे काम ?

३२ जेष्ठ २०८१, शुक्रबार १८:४९

काठमाडौँ । रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेको एक सय दिन पुगेको छ । गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलन गर्दै एक सय दिनमा मुख्य कामको सूची सार्वजनिक गरेका छन् ।

उनले आफ्नो १ सय दिनमा गृह मन्त्रालयको प्रस्तावमा नेपाल सरकारबाट फौजदारी कसुर नियमावली, २०७६ मा संशोधन भएको बताएका छन् । यसबाट सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न, रोकिएको कैद कट्टा सम्बन्धी कार्यलाई सुचारु गर्न र कैदकट्टा सम्बन्धी विषयलाई पीडित मैत्री, पारदर्शी र बस्तुनिष्ठ बनाउन कानूनी आधार तयार भएको उनको दाबी छ ।

उनले भोलिदेखि मन्त्रालय मातहतका कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् लेखिएको क्यूआर कोड राखिने बताए । सो क्यूआर कोड स्क्यान गरेर आफूलाई परेको समस्या पठाउन सकिने उनले जानकारी गराए । स्क्यानपछि आफूसँग भएका डकुमेन्ट, फोटो, भिडिओ र अन्य प्रमाणहरु गृह मन्त्रालयमै पठाउन सकिने उनले बताए ।

100-days-Progress-home-minister-rabilamichhane

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*