३० वर्ष सेवा अवधी पुरा गरेर विदा भए सरल स्वभावका धनी दिनेश कुमार लाल

२ असार २०८१, आईतवार १२:२७

काठमाडौँ ।  २०५१ सालमा सहायक प्रथममा तत्कालिन बीमा समितिमा प्रवेश गरेका दिनेश कुमार लाल कर्ण ३० बर्षको सेवा अवधी पुरा गरेर हिजो असार १ गतेबाट औपचारिक रुपमा विदा भएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणबाट लालको औपचारिक विदाई आज सामूहिक रुपमा हुँदैछ ।

३० बर्षको सुनौलो यात्रा तय गरेर आज उनी बिदाई हुँदैछन् । २०५१ सालमा तत्कालिन बीमा प्राधिकरणमा सहायक प्रथमको भूमिका निर्वाह गर्दै नेपाल बीमा प्राधिकरण (२०७९ कात्तिक २२ गतेदेखि बीमा समितिबाट नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको) बाट निर्देशक पदबाट अवकास लिएका छन् ।

नेपालमा भर्खर भर्खर बीमा सेवा सुरु भएको बेला काठमाडौंको भुकृटीमण्डपस्थित रेडक्रसको भवनमा बीमा समिति हुँदा सेवामा प्रवेश गरेका दिनेश कुमार लाल निकै असल, सरल र मिजासिला कर्मचारीको रुपमा परिचित छन् ।

३० बर्षको अवधिमा उनले आफूलाई गलत काम गर्ने प्रवृतिको छाँयासम्म पर्न दिएनन् । विशुद्ध सरकारी कर्मचारीको रुपमा परिचित गरेर आफनो छवि स्वच्छ राख्ने कर्मचारीको रुपमा उनी परिचित छन् । तत्कालिन समयमा बीमा समितिका अध्यक्ष लव प्रसाद शर्मा थिए । कुसुम शर्मा कर्ण प्रवेश गर्नु पूर्व नै करारको कर्मचारी भएको कुरा उनी स्मरण गर्दछन् ।

उनी सहित, सुनिता कार्की, शेखर कार्की, श्रीमान् कार्की र राजुरमण पौडेलसँगै परिक्षा दिएर बीमा समितिमा एकै पटक प्रवेश गरेका हुन् । परिक्षामा पास भएर उनले २०५१ साल असार १ गते कर्णले तत्कालिन बीमा समितिमा जागिरे जीवन सुरु गरेका थिए । उनले प्रवेश गरेको समयदेखि २०६३ सालसम्म १२ बर्षसम्म कुनै कर्मचारीको बढुवा नभएको उनी सम्झछन् ।

१२ बर्षपछि नियमित परिक्षा दिएर सहायक निर्देशक, निर्देशक, उपनिर्देशक हुँदै निर्देशक बनेका दिनेश कुमार लाल नेपाली बीमा क्षेत्र आजको अवस्थामा आईपुर्याउन अहम् भूमिका र योगदान गर्ने इमान्दार कर्मचारी हुन् । योग्यता र कार्यमूल्यांकको आधारमा प्राधिकरणमा अन्य कर्मचारीको फाइल बढुवा भएपनि उनी भने नियमित परिक्षा दिएर नै निर्देशकसम्म आईपुगेको कर्ण बताँउछन् ।

दिनेश कुमार लालले बीमा समिति (हालको प्राधिकरण) को कानुन शाखा, सम्पत्ति शुद्धिकरण, कर्मचारी प्रशासन र लेखा शाखामा समेत काम गरेका उनले प्राधिकरणले मुख्य जिम्मेवारी दिएर आफूलाई विश्वास गरेको भन्दै प्राधिकरण प्रति हार्दिक आभार, धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछन् । उनी भन्छन्, ‘३० वर्षको अवधीमा मलाई सहयोग गर्नुहुने, विश्वास गरेर जिम्मेवारी दिनुहुने सबैलाई बिशेष धन्यवाद दिन चाहन्छु ।

तत्कालिन समयमा बीमा ऐन ठूलो भएपनि काम कारवाही भने अघि बढ्न सकेको थिएन् । भाडाको भवन र थोरै कर्मचारी भएको भवनमा काम गरेको दिन सम्झदै प्राधिकरणको यात्रालाई उनी बीमा प्राधिकरणको उपब्धिको रुपमा लिन्छन् ।

तत्कालिन समयमा बीमाको बजार र चेतना निकै कम नै थियो । राष्ट्रिय बीमा संस्थान थियो । जसले जीवन र निर्जिवन बीमाको काम गर्दथ्यो । साथै केही सीमित कम्पनी थियो । जसको बजार निकै सानो थियो । त्यस्तै, नीजिमा नेपाल इन्स्योरेन्स, नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स, एनबी इन्स्योरेन्स, युनाईटेड, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स आदि बीमा कमपनीहरु थिए ।

बीमाको सानो बजारदेखि आजको यस अवधिसम्ममा ४४ प्रतिशत बजारलाई नजिकबाट नियालेका निर्देशक कर्णले बीमा बजारमा केही गर्ने हुटहुटी अझै रहेको बताउँछन् । ५४ वर्षको उमेरमा बीमा क्षेत्रमा एउटा इतिहास बनाउन सफल भइसकेका कर्ण अझै बीमा क्षेत्रमा सक्रिय भएर काम गर्ने इच्छा रहेको बताउँछन् ।

बीमा क्षेत्रको अवस्मरणीय यात्रालाई क्रमिक सुधारको रुपमा लिन्छन् उनी । बीमा प्राधिकरणको यो यात्रासम्म प्राधिकरणमा आवद्ध कर्मचारी, मिडिया र बीमा क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण व्यक्तिलाई आफनो कार्यकालको अवधिसम्मको गरेको योग्दानलाई हृदयदेखि नै कृतज्ञ छन् कर्ण ।

बीमा प्राधिकरणले गरेको क्रमश सुधारलाई उनी एक उपब्धीको रुपमा लिन्छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको भिजनको कारण नै आज रोकिएका कैयौ कामहरु सम्भव रहेको उनी बताँउछन् । ‘सबैलाई समेटेर नै सातवटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्नुभएको छ । आवश्कता अन्नन्त छ, समय भनेको चक्र हो, दिनपछि रात आउछ र रात पछि पुनः सुन्दर बिहानी आँउछ ।’

३० वर्षे सेवा अवधीको अन्तिम दिन गत जेठ ३२ गते अबेरसम्म प्राधिकरणकै बाँकी सिध्याउन सक्रिय रहेका कर्ण बीमा क्षेत्रले आफूलाई पेशागत सुरक्षा दिएकोले माया नहट्ने अनुभव सुनाइरहेका थिए ।

बीमा प्राधिकरणबाट अवकास लिएपनि बीमा क्षेत्रमा मेरो आवश्यकता कतै पर्यो भने म सहयोग र सेवा गर्न आफू सधै तत्पर रहने बताउदै ३० बर्षको अवधिलाई स्मरण गर्दै कता–कता भारी मन बनाएको देखिएका छन् ।

 

One thought on “३० वर्ष सेवा अवधी पुरा गरेर विदा भए सरल स्वभावका धनी दिनेश कुमार लाल

  1. Jay thakur says:

    Dinesh Lal karn is always good

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*