बीमा प्राधिकरणका तीन जना कर्मचारीको बिदाई (तस्विरहरु)

२ असार २०८१, आईतवार १३:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुुसुम शर्मा तथा सहायक निर्देशक सुनिता कार्कीले यही असार १ गतेदेखि औपचारिक रुपमा विदा लिएका हुन् ।

बीमा प्राधिकरणले तत्कालिन कार्यकारी निर्देशक राजु रमण पराजुलीको पनि आज औपचारिक रुपमा बिदाई गरेको छ । प्राधिकरणले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले तीन जना कर्मचारीहरुको विदाई गरेका छन् ।

कार्यक्रममा बीमा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक तथा संचालक समिति सचिव सुशिल देव सुवेदी लगायत कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको छ ।

तस्विरहरु:

 

तस्विरः रिना खत्री, बीमापोष्ट

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*