दोहोरो अकंले घट्यो शेयर बजार, १३ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार

४ असार २०८१, मंगलवार १५:०६

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । योसँगै बजार लगातार तीन दिन घटेको हो । आजदिन भरी शेयर बजारलाई आयकर बढ्ने कुराले त्रसित गराएको हो ।

विद्याधर मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ । व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ । जुन कर हालको भन्दा साढे २ प्रतिशत विन्दु बढी हो ।

शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, फाइनान्स समूहको १.०४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन बरुण हाइड्रोपावरको ११ करोड ३७ लाख रुपैयाँ, सिइडिबि हाइड्रोपावरको ११ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*