तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण जारी गर्दै आइरहेको छ । अहिले राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन जारी गर्न लागेको हो । यसमा दिउँसो ३ बजे देखि अनलाईन बिडिङ्ग सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्ग) ले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्मका लागि आवेदन दिन पाउनेछन् ।
निक्षेप सङ्कलनको परिपक्वता वा साँवा ब्याज भुक्तानी आउदो असार २० गते हुनेछ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।