गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोडको ऋणपत्र निष्काशन गर्ने

६ असार २०८१, बिहीबार १३:१३

काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट २ लाख ६० हजार इकाई १००० रुपैयाँप्रति इकाई दरले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको छ । ८ वर्षे अवधि रहने सो ऋणपत्रको व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ।

नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*