अभियान लघुवित्तमा सञ्चालक प्रविण झाको सवैभन्दा बढी शेयर, अरु कुनको कति ?

६ असार २०८१, बिहीबार १४:०६

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक प्रविण झाको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीमा झाको दुई लाख ५० हजार कित्ता बराबरको स्वामित्व रहेको छ ।

त्यस्तै, कम्पनी सञ्चालक समितिका अध्यक्ष बाबुराम थापाको ३५ हजार कित्ता शेयर बराबरको शेयर स्वामित्व रहेको छ । साथै, कम्पनीमा सञ्चालक तथा संस्थापक शेयरधनी भोजराज भट्टको दुई हजार कित्ता, निमु शेर्पाको पाँच हजार कित्ता र सर्वसाधारण शेयरधनी उमेश दाहालको एक सय र नारायण प्रसाद प्रसाईको पनि एक सय कित्ताका दरले शेयर स्वामित्व रहेको छ ।

कम्पनीको शेयर संरचनामा संस्थापक समुहको ६१ प्रतिशतका दरले १५ लाख २५ हजार कित्ता र सर्वसाधारण समुहतर्फको ३९ प्रतिशतका दरले नौ लाख ७५ हजार कित्ता गरी कुल २५ लाख कित्ता शेयर रहेको छ ।

अभियान लघुवित्तमा कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*