महँगो शेयर मूल्य भएका यी कम्पनीले दिन सकेन यो बर्ष लगानीकर्तालाई लाभांश

७ असार २०८१, शुक्रबार १७:५६

काठमाडौं । नेप्सेमा सूचीकृत १३ समूहमध्ये चार समूहका महँगो शेयर मूल्य भएका कम्पनीहरूले हालसम्म कुनै पनि लाभांश दिन सकेको छैन ।

मँहगो शेयर मूल्य रहेको जलविद्युत् समूहको कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी, होटल तथा पर्यटन समूहको कालिञ्चोक दर्शन लिमिटेड, अन्य समूहको मुक्तिनाथ कृषि कम्पनी र विकास बैंक समूहको नारायणी डेभलपमेन्ट बैंकले शेयरधनीलाई लाभांश नदिएका हुन् । .

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू। १ हजार ५४५ रहेको छ । नेप्सेमा यो कम्पनीको समूहमा ९१ कम्पनीले कारोबार गर्दै आइरहेका छन् ।

त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य प्रतिकित्ता रू। १ हजार १७०, मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य रू। १ हजार १३५ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता रू। ५५० रहेको छ । नारायणी डेभलपमेन्ट बैंकबाहेक अरु कम्पनीको धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको एक वर्ष भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*