डिम्याट खाता नविकरणका गर्न लगानीकर्तालाई दुई क्यापिटलको आग्रह

७ असार २०८१, शुक्रबार १८:०१

काठमाडौं । आज सार्वजनिक सूचना जारी गर्दै नबिल इन्भेष्टमेन्ट बैंकिङ र ग्लोबल आइएमई क्यापिटलले सूचना जारी गरेर डिम्याट नविकरणका लागि आग्रह गरेका हुन् ।

ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकमार्फत डिम्याट खाता खोलेका साथै नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबाट डिम्याट खाता खोलेका ग्राहकहरूलाई असार मसान्तभित्र वार्षिक नविकरण शुल्क बुझाउन सम्बन्धित कम्पनीहरूले भनेका छन् ।

यी कम्पनीहरूले आगामी असार मसान्तभित्र डिम्याट खाता सञ्चालन बापतको वार्षिक १०० रुपैयाँ सम्बन्धित कम्पनीहरूको खातामा जम्मा गर्न आग्रह गरेका हुन् । साथै मेरो शेयर खाता समेत नविकरणका लागि यी कम्पनीहरूले भनेका छन् ।

मेरो शेयर खाता सञ्चालनबापत ग्राहकहरूले वार्षिक ५० रुपैयाँ तिर्नुपर्ने जानकारी कम्पनीहरूले दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*