हल्ला प्रभावित गर्‍यो साताको मार्केट, लगानीकर्ताको मनोबल उच्च हुन सकेन, के मौद्रिक नीतिको प्रतिक्षा हो ?

८ असार २०८१, शनिबार ०९:००

काठमाडौँ । गत साता उत्साहमय भएको पुँजी बजार यो साता भने संकुचन देखा परेको छ । यो साता चारका कारोबारको दिन शेयर बजार तीन दिन ओरालो लागेको हो । सातामा शेयर बजारमा उताप चडाब नै देखियो । गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै अबको मौद्रिक नीति खुुकुलो आउने बताउपछि शेयर बजारका लगानीकर्ता हौसिएका थिए । तर उक्त उत्साह यो साता भने कायम रहेको देखिएन ।

लगानीकर्तालाई यो साता आयकर बढ्ने त्रासले सतायो । बजारमा आएका केहि समाचारले लगानीकर्ता आयकर बढ्ने कुराले डराए । लगानीकर्ताको मनोबलले शेयर बजारमा ठुलो भुमिका खेल्दै आइरहेको हुन्छ । पुँजी बजारलाई असर गर्ने विभिन्न हल्लाहरु चलिरहेको छ । यो साता लगानीकर्ताको मनोबल कमजोर हुँदा पुँजी बजारले गति लिन नसकेको कुरा प्रष्ट हुन्छ ।

पुँजी बजारका लागि धेरै कुराहरु सकारात्मक बन्दै जाँदा पनि नेप्सेले भने अपेक्षा अनुसार सकारात्मक गति समाउन सकेको छैन । ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अर्थतन्त्रका बाह्य क्षेत्र निकै सबल बनेका छन् । यति हुँदा पनि बजारले गति लिन सकेको छैन । यसको मुख्य कारण नीतिगत अवरोधलाई लिइएको छ । अब ठुला लगानीकर्ताले नियामकबाट आश्वासन भन्दा प्रमाण खोजि रहेका छन् ।

बजार घट्दा पनि कारोबार सन्तोषजनक

बजार ओेरालो लाग्दा समेत कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । गत साता उच्च सुधार देखिएको शेयर बजारमा यो साताको पहिलो दिन भने लगानीकर्ता शेयर बिक्री गर्ने तिर हाबि भएको देखिन्छ । विगत केहि महिना यता नीतिगत चेपुवामा परेको बजार थोरै माथि जाने वित्तीकै लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भइरहेका छन् ।

पछिल्लो समय लगानीकर्ताले बैंकिङ सेक्टरबाट धेरै गुमाएका छन् । त्यसैले लगानीकर्तामा कुनै बेला बजार तल माथि हुने डर कायमै रहेको छ । भोलि सरकार परिवर्तन हुँदा या कुनै नीति परिवर्तन हुँदा बजारमा लगानी गुमाउने ठुलो डर हुने भएकाले पनि लगानीकर्ता थोरै नाफा हुने वित्तीकै बिक्री गर्ने तिर अग्रसर भइरहेको पाइन्छ ।

साताको पहिलो दिन ५ अर्ब ४२ करोड, मंगलबार ४ करोड ३ लाख, बुधबार ३ अर्ब ३६ करोड र बिहिबार ३ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ ।

परिसूचक २१ सय नजिक

गत साता २१ सय बिन्दुमा बन्द भएको शेयर बजार यो साता भने २१ सय तल झर्ने पुग्यो । यो साताको चार वटै कारोबारको दिन परिसूचक २ हजार बिन्दुमा घुम्यो । आइतबार बजार १७.०४ अकंले घट्दा परिसूचक २०९५ बिन्दुमा बन्द भएको छ ।

मंगलबार बजार १८.८७ अकंले घट्दा परिसूचक २०७६ बिन्द, बुधबार २.२७ अकंले बढ्दा परिसूचक २०७८ बिन्दु र बिहिबार बजार १०.४४ अकंले घट्दा परिसूचक २०९५ बिन्दुमा पुगेको छ ।

अबको यात्रा

बजारका लगानीकर्ताले मौद्रिक नीतिको पर्खाइ गरि रहेका छन् । अब सम्भवतः साउन पहिलो साता मौद्रिक नीति आउने छ । यसपटक शेयर बजारका लगानीकर्ताहरुले मौद्रिक नीति मार्फत ठुलो अपेक्षा राखेका छन् । शेयर धितो कर्जामा राखिएको सीमा र १२५ प्रतिशतको जोखिमभारले शेयर बजारलाई मारमा पारेको छ ।

अहिले सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताका लागि १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोडको क्याप लगाइएको छ । यसबाट ठूला लगानीकर्ता प्रभावित हुँदै आएका छन् । बजार बुल रनमा प्रवेश गर्नको लागि यी अवरोधका रुपमा मानिएका प्रावधान सच्याउनुपर्ने लगानीकर्ताहरुले बताएका छन् । यस्तै, चालु पुँजी कर्जामा गरिएको कडाईले पनि सेयर बजारलाई अप्रत्यक्षरुपमा प्रभावित बनाएको पाइन्छ ।

जबसम्म ठूला लगानीकर्तालाई सहज लगानी वातावरण तय गरिंदैन तबसम्म बजारले अपेक्षित गति लिन नसक्ने जानकारहरु बताउँछन् । अबको मौद्रिक नीति मार्फत उक्त माग सम्बोधन हुन सके बजार बुलको यात्रा अघि बढ्ने आंकलन हुन थालेको छ । अर्थतन्त्रका सूचक समेत सकारात्मक बन्दै गएको र बैंकको ब्याजदर समेत ओरालो लागि रहेको हुँदा बजारले अहिले मौद्रिक नीति कुरेको तर्क जानकारहरुका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*