आइतबार पाँच कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजार एकल अकंले घटेपनि पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । पछिल्लो समय फाइनान्सको शेयरमा लगानीकर्ताको निरन्तर आकर्षण थपिदै गएको हो ।
यसदिन रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त, मैलुङ खोला जलविद्युत र नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
आइतबार नेपाल स्टक एक्सेचञ्ज ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ ।