एनआईसी एशिया लघुवित्तको स्वामित्वमा रहेको निफ्राको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेडको एक लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयको कानून विभागमा लिखित निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।