सामान्य अंकले बढ्यो नेप्से, कारोबार पाँच अर्बमाथि

१० असार २०८१, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन परिसूचक ३.२१ अंक बढेर १०६६.१६ विन्दुमा कायम भएको हो ।

बजार बढ्दा लगानीकर्ताको आकर्षण फाइनान्स समूहको शेयरमा देखिएको छ । सोमबार यो समूहको सूचक सबैभन्दा बढी २.११ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको सूचक बढेको छ भने बाँकी रहेका ७ समूहको सूचक घटेको छ ।

सोमबार ३२२ धितोपत्रको ६६ हजार ५१९ कित्ता शेयरको पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये नेपाल फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मकर जितुमायाको ७.२१, शिव श्री हाइड्रोपावरको ६.९१ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यस दिन बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.०१ प्रतिशतले घटेको छ । १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३ को ३.७१, समाज लघुवित्तको ३.२६, अप्पर हेवाखोलाको २.८६ प्रतिशतले शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*