महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको २१ हजार ५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।
तोकिएको म्यादभित्र शेयरधनीहरूले शेयर खरीद गर्न निवेदन नदिएमा सर्वसाधारण व्यक्ति वा संस्थाहरूका लागि बिक्री खुला गर्ने सूचनामा उल्लेख गरिएको छ ।
Job ko lagi ho