नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९.४४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेद नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।