प्रतिकित्ता ५०० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता ५०० रुपैयाँमा उक्त शेयर बिक्रीमा राखेको हो ।
यो शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद आवेदन दिन पाउनेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर कित्ताको संख्या खुलाई निवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।