सबैको र साधना लघुवित्तले ‘सम्पदा लघुवित्त’ को नामबाट एकीकृत कारोबार गर्ने
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले यहि असार १३ गतेको पत्र पठाउँदै लघुवित्तहरुलाई उक्त नामबाट एकीकृत कारोबारको अनुमति दिएको हो ।
सबैको लघुवित्तबको रजिष्टर्ड कार्यालय तनहुँ जिल्लामा र साधना लघुवित्तको गोरखा जिल्लाको रजिष्टर्ड कार्यालय रहेको छ ।