दोस्रो बजारमा ४६ कम्पनीको शेयर मूल्य एक हजार रुपैयाँ माथि, कुनको कति ?
काठमाडौँ । पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । नीतिगत अस्थिरताले शेयर बजारलाई थिचेर राखेको छ । शेयर बजार ओरालो लाग्दा अधिकांश कम्पनीहरुको शेयर मूल्य समेत घटि रहेको छ ।
दोस्रो बजारमा एक हजार शेयर भन्दा बढी हुने ४६ वटा कम्पनीहरु रहेका छन् । सबैभन्दा बढी शेयर मूल्य हुने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता ४५ हजार ९०० रुपैयाँ रहेको छ ।
साथै, राष्ट्रिय बीमाको प्रतिकित्ता १२ हजार ९५० रुपैयाँ, बोटलर्स नेपाल (तराई) को १२ हजार ६०१ रुपैयाँ रहेको छ ।