नेशनल फण्डले भोलिदेखि प्रतिकित्ता ५० रुपैयाँमै हकप्रद शेयर बिक्री खुला गर्दै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले भोलि असार १९ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि प्रतिकित्ता ५० रुपैयाँमै ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ ।
कम्पनीको जेठ २५ गतेको विशेष साधारणसभाले ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद बिक्री खुला गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बमोजिम कम्पनीले ५० रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो शेयर खरीद गर्न पाउनेछन् । खरीदकर्ताहरूले साउन २२ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् ।