होटल एलिस द वन्डर इनको विशेष साधारणसभा आज, हकप्रद जारी गर्ने
काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले आज असार १९ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको हो ।
कम्पनीको सभाले काल कायम चुक्ता पूँजी नौं करोड रुपैयाँको १३.५ प्रतिशत अर्थात् १०० कित्ता शेयर बराबर १३.५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पूँजी बड्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सहित सञ्चालक समितिलाई अख्यिारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।