हिमालयन रिइन्स्योरेन्सको २ लाख ७६ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स आज सर्वोधिक शेयर कारोबार हुने कम्पनी मध्यको दोस्रो नम्बरमा परेको छ । आइतबार कम्पनीको २ लाख ७६ हजार २७९ कित्ता शेयर किनबेच हुँदा १५ करोड ५० लाख १ हजार २४३ रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन कम्पनीको शेयर मूल्यमा समेत सुधार आएको छ । कम्पनीको शेयर प्रतिकित्ता १७ रुपैयाँ ७० पैसा अर्थात ३.२३ प्रतिशतले बढेर ५६५ रुपैयाँ पुगेको हो ।
[email protected]