साधना र सबैको लघुवित्तले आजदेखि ‘सम्पदा लघुवित्त’को नामबाट एकीकृत कारोबार गर्दै
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भई बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ले आज असार ३० गते आइतबारदेखि एकीकृत कारोबार शुरू गर्दैछ ।
गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त र तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले मर्जरका लागि गत असार १३ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका थिए । मर्जरपछि बनेको सम्पदा लघुवित्त कम्पनीको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा रहनेछ ।